बागलुङका खड्का पोखराको सेतीमा बेपत्ता
पाेखरा | असोज २७, २०७९
पोखराः
बागलुङका अर्णबहादुर खड्का पोखरा महानगरपालिका ७ घारीपाटनस्थित सितारामपुलबाट सेतीमा हाम फालेर बेपत्ता भएका छन् । आज (बिहिबार) बिहान मर्निङ वाकमा निस्केका ४५ वर्षिया खड्का छोरेपाटन जाँदै गर्दा सितारामपुलबाट एक्कासी हाम फालेर बेपत्ता भएका हुन् ।
मानसिक रोगी रहेका अर्णबहादुर खड्का ( केदार खड्का ) हाम फालेर बेपत्ता भएको खड्काका दाजु गोविन्द खड्काले सुनगाभा न्यूजलाई बताए । ‘हामी नयाँगाउँबाट छोरेपाटनतिर जाँदै थियौं । म अगाडी थिए । पछाडी भाई र उसको छोरा थिए, उनले भने, ‘एक्कासी छोरो कराएपछि हेर्दा भाइले हामफालिसेको थाहा भयो। त्यसपछि प्रहरीलाई खबर गर्यौं ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बेपत्ता खड्काको खोजीकार्य तिव्र पारेको बताए ।
तिवारीका अनुसार बेपक्ता भएका खड्का बागलुङ नगरपालिका ३ गुठी घर भई हाल पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्दै आएका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

