बागलुङका खड्का पोखराको सेतीमा बेपत्ता

पाेखरा | असोज २७, २०७९

बागलुङका खड्का पोखराको सेतीमा बेपत्ता

पोखराः

 

बागलुङका अर्णबहादुर खड्का पोखरा महानगरपालिका ७ घारीपाटनस्थित सितारामपुलबाट सेतीमा हाम फालेर बेपत्ता भएका छन् ।  आज (बिहिबार) बिहान मर्निङ वाकमा निस्केका ४५ वर्षिया खड्का छोरेपाटन जाँदै गर्दा सितारामपुलबाट एक्कासी हाम फालेर बेपत्ता भएका हुन् ।

 

मानसिक रोगी रहेका अर्णबहादुर खड्का ( केदार खड्का ) हाम फालेर बेपत्ता भएको खड्काका दाजु गोविन्द खड्काले सुनगाभा न्यूजलाई बताए ।  ‘हामी नयाँगाउँबाट छोरेपाटनतिर जाँदै थियौं । म अगाडी थिए । पछाडी भाई र उसको छोरा थिए, उनले भने, ‘एक्कासी छोरो कराएपछि हेर्दा भाइले हामफालिसेको थाहा भयो। त्यसपछि प्रहरीलाई खबर गर्यौं ।’

 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बेपत्ता खड्काको खोजीकार्य तिव्र पारेको बताए । 

 

तिवारीका अनुसार बेपक्ता भएका खड्का बागलुङ नगरपालिका ३ गुठी घर भई हाल पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्दै आएका थिए । 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्